बुद्धशान्ति । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि ले बुधबारे सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई सहकारी सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक समितिअध्यक्ष भवानीप्रसाद दंगालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका उपाध्क्ष मीरा भुर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । बिर्तामोड ४ मा मुख्य कार्यायल रहेको संस्थाले बुधबारे सेवा केन्द्रमा आवद्ध रहेका सेयर सदस्यहरुलाई सदस्य शिक्षा दिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र सहायक प्रबन्धक सरोज दहालले सहजीकरण गरेका थिए । कोरोना कहरका बेला अघिल्ला बर्षमा कार्यक्रम गर्न नसकीएको र कोरोना कहर सहज भएपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको हो ।


संस्थाका सञ्चालक समितिका पदाधिकारीको समेत उपस्थिति रहेको कार्यक्रममा १ सय १७ जना भन्दा बढी सेयर सदस्यलाई संस्थाको गतिबिधि, संस्थाले दिने सेवा सुविधा लगायतका अभिमुखिकरण तालिम दिईएको थियो । उक्त कार्यक्रममा उपस्थित शेयर सदस्यहरुलाई सेवाकेन्द्र प्रमुख गोपाल मिश्रले स्वागत गरेका थिए ।


