होक्से कृषि सहकारीद्वारा पत्रकार तिम्सिना सहित ९ सम्मानित

झापा । झापाको बुद्धशान्ति–१ मा रहेको होक्से कृषि सहकारी संस्थाले आफ्नु ११ औं बार्षिक साधारणसभाको अवसर पारेर बिहीबार पत्रकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ ।

EPIC

सम्मानित हुनेहरूमा बर्ष उत्कृष्ट पत्रकार तीर्थ तिम्सिना सहित उत्कृष्ट सेयर सदस्य देविप्रसाद बजगार्इं, असल दूध उत्पादक कृषक शोभा समाल मगर, उत्कृष्ट बचतकर्ता यसोदा शर्मा तिम्सिना, उत्कृष्ट ऋणी निर्मला भट्टराई, उत्कृष्ट समूह संयोजक चन्द्रमणी बराल, उत्कृष्ट रिचार्जकर्ता देवि बराल र उत्कृष्ट विद्यार्थीमा छात्र रोहन कार्की र छात्रा हिमाली ल्वागुनलाई सम्मान गरेको छ । उनीहरुलाई अध्यक्ष मोहनप्रसाद तिम्सिना, प्रमुख अतिथि चन्द्र कोइराला लगायतले दोसल्ला, सम्मान पत्र तथा नगदले सम्मान गरेका थिए ।

सञ्चारको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै तिम्सिनालाई सम्मान गरिएको संस्थाका अध्यक्ष मोहन तिम्सिनाले बताएका छन् । उनी झापाको विर्तामोडबाट प्रकाशित विवेचना दैनिक तथा बुद्धशान्तिबाट प्रकाशित हुने पूर्वेली साप्ताहिकका सह सम्पादक रहेका छन् ।

ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभाहलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष मोहन तिम्सिनाको सभापतित्व तथा नेपालकै दोस्रो सहकारी जनकल्याण सहकारी संस्था बुधबारेका अध्यक्ष चन्द्र कोइरालाको प्रमुख आतिथ्य रहेको थियोे । संस्थाका उपाध्यक्ष गुरुभक्त घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि कोईराला, ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीका संचालक चन्द्रमणी बराल, सम्मानित पत्रकार तीर्थ तिम्सिना, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

EPIC EPIC EPIC

संस्थाका अध्यक्ष तिम्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा व्यवस्थापक पर्शुराम नेपालल तथा कर्मचारी टेकनाथ ढकालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार रोसन भट्टराई, दामामझुवा कृषि सहकारीका अध्यक्ष हर्क तामाङ लगायतको आतिथ्यता रहेको थियो । सहकारी अभियान मार्फत होक्से क्षेत्रका कृषकलाई एकै सुत्रमा बाँधी अगाडी बढाउन २०६६ सालमा स्थापित यस सहकारीले बुद्धशान्तिमा छुट्टै छाप बनाउन सफल भएको छ ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar