१४ महिनापछि हट्यो,भुर्तेलको धुरीमा रहेको बिजुलिको तार र खम्बा

बुद्धशान्ति ४ स्थित कालिखोलाका तेजराज भुर्तेलको छाना माथी रहेको बिजुलीको पोल १४ महिनापछि पन्छिएको छ।अघिल्लो साल चैतमा आएको हुरिवतासले नजिकै रहेको पिपलको रुखसँगै ११हजार के.वि.को तार सहितको पोल भुर्तेलको छानामा बज्रीएको थियो।

भुर्तेलले पटकपटक स्थानिय निकाय,प्रशासन, बिद्धुत प्राधिकरण र सामाजिक अगुवाहरुसँग पोल हटाईदिन अनुरोध र पहल गर्दा समेत बेवास्तामा परेका थिए।

कालिखोला डाँडामा चिया पसल संचालन गर्दै आएका भुर्तेल परिवार बिगत १४ महिनादेखि साघुरो घुम्तिमा जिवन गुजारा गर्न बाध्य थिए।

EPIC EPIC EPIC

बुधबार मध्याह्न नेपाल बिद्धुत प्राधिकरण फिक्कल शाखाबाट खटिएका कर्मचारीले तार र पोल पन्छाएपछि भुर्तेल भाव-विह्वल भए।१ बर्षपछि घर फर्कने अवसर जुटाईदिनु भएकोमा उनले गाउँपालिका बिद्धुत प्राधिकरण र नव-निर्वाचित जनप्रतिनिधि धन्यवाद समेत दिए।
बुद्धशान्ति गाउँपालिकाले नयाँ नेतृत्व पाँएसगै अध्यक्ष प्रसाईंले पोल ब्यवस्थापनका लागी बिद्धुत प्राधिकरण फिक्कलसँग समन्वय गरेका थिए।
अनेरास्ववियु बुद्धशान्ति गाउँकमिटीले समेत जेठ १४ गते नेपाल बिद्धुत प्राधिकरण, इलाम वितरण केन्द्रलाई पोल र तार व्यवस्थापन गर्न ध्यानाकर्षण पत्र बुझाएको थियो।
वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायको उपस्थितिमा आज नेपाल बिद्धुत प्राधिकरण फिक्कलले तार र बिजुलिको खम्बा पन्छाएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

One Response

  1. कुलमान सरलाई हिजाेमात्र घटनाकाे विवरण उपलब्ध गराएकाे थिएँ। एक दिनमै यसरी काम बनेकाे देख्दा एकदमै खुसी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *