Search
Close this search box.
Search
Close this search box.

२४ घण्टामा ६६४८ संक्रमण मुक्त हुँदा ७३६८ संक्रमित थपिए : १४५ को मृत्यु

झापा – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार ३६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ को पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २७३ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४८ जनाले भने कोरोना जितेका छन्। त्यैगरी २४ घण्टामा १४५ जनाको कोरोनाले ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँच हजार  एक पुगेको छ । 

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र दुई हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *