Search
Close this search box.
Search
Close this search box.

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, अर्को बैठक मंसिर ३ गते बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको ४० मिनेटमै सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आगामी बैठकको एजेण्डा तय गर्दै सकिएको हो ।

बैठकमा नेकपाका बहुमत सचिवालय सदस्यहरुले बैठकका लागि बुझाएको पत्र, त्यसपछि प्रधानमन्त्रीले बहुमत सचिवालय सदस्यलाई पठाएको पत्र र ती सबैलाई समेटेर अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन पेश गरिएको थियो ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ । अर्को बैठक मंसिर ३ गते बस्नेछ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *