Search
Close this search box.
Search
Close this search box.

६० वर्ष बढी उमेरका १४,२३५ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?

काठमाडौं- नेपालमा ६० वर्षभन्दा बढी उमेरका १४ हजार २ सयभन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर १ लाख ७९ हजार ६ सय १४ जना संक्रमितमध्ये १४ हजार २ सय ३५ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्। ६१ वर्षदेखि ७० वर्ष उमेर समुहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहका ८ हजार ५ सय ५९ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ४ हजार ६४ र ८० वर्षभन्दा माथिका १ हजार ६ सय १२ जना वृद्धवृद्धा संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ९ हजार १७ जना वृद्धवृद्धा संक्रमित छन्। त्यस्तै प्रदेश १ मा १ हजार ९ सय ११, प्रदेश २ मा १ हजार १४, लुम्बिनी प्रदेशमा १ हजार १ सय ७५, गण्डकी प्रदेशमा ६ सय ४४, सुदूरपश्चिममा २ सय ९२ र कर्णाली प्रदेशमा १ सय ८२ जना वृद्धवृद्धा संक्रमित भएका छन्।

कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित
प्रदेश १
६१–७० वर्ष ४२३ महिला र ७३१ पुरुष
७१–८० वर्ष २१४ महिला र ३०७ पुरुष
८० वर्ष माथिका ९६ महिला १४० पुरुष

प्रदेश २
६१–७० वर्ष १९९ महिला र ४९६ पुरुष
७१–८० वर्ष ७८ महिला र १९० पुरुष
८० वर्ष माथिका १५ महिला ३६ पुरुष

बागमती प्रदेश
६१–७० वर्ष २०५० महिला र ३१८९ पुरुष
७१–८० वर्ष ११४३ महिला र १५१३ पुरुष
८० वर्ष माथिका ४९१ महिला ६६१ पुरुष

गण्डकी प्रदेश
६१–७० वर्ष १३५ महिला र २६५ पुरुष
७१–८० वर्ष ७२ महिला र ९९ पुरुष
८० वर्ष माथिका २४ महिला ४९ पुरुष

लुम्बिनी प्रदेश
६१–७० वर्ष २७९ महिला र ४५७ पुरुष
७१–८० वर्ष १३५ महिला र २०५ पुरुष
८० वर्ष माथिका ३५ महिला ६४ पुरुष

कर्णाली प्रदेश
६१–७० वर्ष ४६ महिला र ७८ पुरुष
७१–८० वर्ष १७ महिला र २२ पुरुष
८० वर्ष माथिका वर्ष १३ महिला ६ पुरुष

सुदूरपश्चिम प्रदेश
६१–७० वर्ष ७४ महिला र १३७ पुरुष
७१–८० वर्ष २६ महिला र ४३ पुरुष
८० वर्ष माथिका ७ महिला ५ पुरुष
स्वास्थ्यखबरबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *