Search
Close this search box.
Search
Close this search box.

६ वर्षपछि ड्राइभिङ सेन्टरको मापदण्डमा प्रश्न, १८ दिनदेखि लाइसेन्स प्रक्रिया रोकिँदा मारमा लाखौं सेवाग्राही

काठमाडौं। दुई साताभन्दा लामो समयदेखि सवारीसाधन अनुमति पत्र (लाइसेन्स) प्रक्रिया रोकिँदा सयौं सेवाग्राही मारमा परेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले एकाएक काठमाडौं उपत्यकाका चार ट्रायल सेन्टरको मापदण्डमाथि प्रश्न उठाएपछि जेठ ३ गतेबाट ट्रायल प्रक्रिया ठप्प भएको छ। 

यसै पनि लाइसेन्सका लागि दिनहुँ घन्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको थियो। दुई साता सेवा ठप्प हुँदा त्यसको असर लामै पर्ने देखिएको छ।

१८ दिनदेखि काठमाडौं उपत्यका बागमती प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालय राधेराधे (भक्तपुर), ठूलोभर्याङ, चावहिल र एकान्तकुना ट्रायल सेन्टर बन्द छन्। ट्रायल सेन्टर बन्द हुँदा लाइसेन्स लिने तयारीमा रहेका तथा लिखित परीक्षासमेत पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा रहेका सेवाग्राही मर्कामा परेका छन्।

राष्ट्रिय सतर्कता केन्दले ट्रायल सेन्टरहरू मापदण्ड विपरीत चलेको भनेर बारम्बार  गुनासो आएको भन्दै स्थलगत छानबिन सिमिति खटाएर अध्ययन गरेको थियो। छानबिन समितिले ट्रायल सेन्टरमा नै गएर अनुगमन गर्दा सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्ड पूरा भएको नपाइएको प्रतिवेदनमा उल्लेख गरेको थियो। 

प्रयोगात्मक परीक्षाको लागि सवारीसाधन परीक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले गाइड गर्छ। यस निर्देशिकामा प्रयोगात्मक परीक्षा दिने स्थलको लेआउटका तथा ट्राफिक चिन्ह, उकालो चढ्ने र रोक्ने आदिको मापदण्ड उल्लेख गरेको छ। तर, चार ट्राइसेन्टरमा ती मापदण्ड पूरा नभएको भन्दै बन्द गरिएको हो। 

राष्ट्रिय सतर्कता के्रन्द्रका सचिव रामआधार साहका अनुसार ट्रायल सेन्टरमा धेरै चलखेल हुने र मापदण्ड विपरीत चलेको गुनासोपछि छानबिन समिति बनाएर अनुगमन तथा अध्ययन गरिएको हो।
 
‘बारम्बार गुनासो आएपछि अनुगमन गर्दा लेआउट नमिलेको, ट्राफिक साइन राख्नुपर्ने स्थलमा नराखिएको, ट्राफिक लाइटको पनि मापदण्डअनुसारको व्यवस्था नगरिएको पाइएकाले सतर्कता केन्द्रले मापदण्ड पूरा गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ,’ साहले भने। ट्रायल सेन्टरले मनोमानी शुल्क लिने र मापदण्ड पनि नमान्ने गरेको गुनासो धेरै आएपछि अनुगमन गर्दा कैफियत पाइएको र सुधारका लागि आवश्यक कदम चालिएको उनले बताए।

हाल ट्रायल सेन्टरको मापदण्डका विषयमा प्रश्न उठे पनि ती ट्रायल सेन्टर सोही अवस्थामा वर्षौंदेखि सञ्चालनमा थिए।

यातायात व्यवस्था विभाग बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले तोकिएको मापदण्ड पूरा गरी यही साताको बुधबार वा बिहीबारबाट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सञ्चालन गर्ने तयारी भइरहेको बताए।

‘मापदण्ड पूरा गरेर तथा कानुनको पालना गरेरमात्र ट्रायल पुनः सञ्चालन गर्न निर्देशन आएको थियो,’पौडेलले भने, ‘उक्त निर्देशनपछि सबै कार्य रोकिएको थियो। हाल तोकिएको मापदण्ड पूरा गरेर सञ्चालनको तयारी भइरहेको छ।’

पौडेलले प्रतिवेदनले औंल्याएका कमजोरीलाई सुधार गरेर स्थलगत अनुगमन भई नापजाँचसमेत भइसकेको जानकारी दिए। अब रोकिएको कार्य पुनः सुरु गर्नुभन्दा अगाडि सम्बन्धित पक्षसँग छलफल गरेरमात्रै सुरु गरिने उनले जानकारी दिए।

दक्षिणढोका (चाबहिल) प्रयोगात्मक परीक्षण केन्द्र नेपाल डाइभिङ सेन्टरका कृष्ण रावल आफूले तोकिएको मापदण्डअनुसार सम्पूर्ण पूर्वाधार तयार गरिसकेको बताउँछन्। 

‘हाम्रोमा उकालोमा बायाँतर्फ मोड हुनुपर्नेमा दायाँतर्फ थियो। त्यसलाई हामीले बनाइसकेका छौं,’ रावलले भने, ‘अनुगमन टोली आएर भनेपछि हामीले दुईचार दिनमै सो मापदण्ड पुरा गर्नेगरी पूर्वाधार बनाइसकेका छौं। अन्यत्रका सेन्टरमा काम नसकिएको भएर हालसम्म रोकिएको हुनसक्छ।’

यस्तै, राधेराधे (भक्तपुर) प्रयोगात्मक परीक्षण केन्द्र इजी–वे ट्रायल सेन्टरकी सन्जु पराजुलीले नमिलेको लेआउट मिलाएर मापदण्ड पूरा गरिसकेको जानकारी दिइन्। सबै मापदण्ड पूरा गरिसकेकाले कार्यायबाट पुनः ट्रायल कार्य सुरु गर्न निर्देशन आएमा तयार रहेको उनले बताइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *