Search
Close this search box.
Search
Close this search box.

अभियन्ता ईः भन्छन्: बालेन वार्ताका लागि आउनुभएको होइन

विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता ईः ले वार्ताका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नआउनुभएको बताएको छ ।

सामाजिक सञ्जालमा अभियन्ता ईः ले भनेको छ, “मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्।”

EPIC

करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हप्काउँदै आफूहरुलाई राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएको भन्दै अभियन्ता ईः ले भनेको छ, “हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए– ‘त्यसोभए मेयरले भेट्दैन’ ।”

यसअघि सामाजिक सञ्जालमार्फत नै महानगर प्रमुख बालेनले विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता इ वार्तामा आउन नचाहेको बताउनुभएको थियो । अभियन्ताहरु भएकै ठाउँमा गएर वार्ता गरी समस्या समाधान गरौँ भन्दा उनीहरु वार्तामा नआएको उहाँको भनाइ थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *