Search
Close this search box.
Search
Close this search box.

आखाँको स्वास्थ्यमा ध्यान दिऔं

editorial

पछिल्लो समय अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक सयौंको संख्यामा आउने गरेको अस्पतालले जनाएको छ । आँखा पाक्ने रोगलाई एउटा भाइरल इन्फेक्सनका रपमा लिइन्छ । आँखा पाक्ने ब्याक्टेरियाका कारणले पनि हुन्छ । तर जुन समुदायमा इपिडिमीक रुपमा फैलिन्छ । त्यो चाहिँ भाइरल इन्फेक्शनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र, यो आँखा पाक्ने रोगमा आँखा रातो हुने, पाक्ने गर्छ । आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ । कतिपय व्यक्तिमा भाइरल ज्वरो र रुघाखोकी हुन्छ । कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउने चिकित्सकको भनाई छ ।

भाइरल इन्फेक्सन र ब्याक्टेरीयाका कारणले आँखा पाक्ने समस्या देखिने गरेको हो । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको चिकित्सकको भनाई छ । धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महशुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो । त्यसकारण कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारलाई सर्न नदिनका लागि समय समयमा साबुन पानीले हात धुनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ । आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकित्सकको परामर्श लिऔं र जथाभावी औषधिको प्रयोग नगरौं । आँखालाई स्वास्थ्य राखौं ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *