कपुर धुप बनाउने तालिमले अपाङ्गता भएका परिवारलाई आत्मनिर्भर बनाउन सहयोग

बुद्धशान्ति – अपाङ्गता भएका व्यक्ति तथा तिनकाे परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित कपुर धुप बनाउने तालिमले सकारात्मक प्रभाव देखाउन थालेकाे छ। याे कार्यक्रम बुद्धशान्ति–१ झापाकाे आर्थिक सहयाेगमा मिलिजुली समूहकाे आयाेजनामा सञ्चालन गरिएकाे थियाे।

वडाकाे ५० हजार रुपैयाँ बजेटमा सम्पन्न तालिमपछि सहभागीहरूले उत्पादन गरेका कपुर धुपहरू बजारमा बिक्री हुन थालेका छन्। तालिममा सहभागी ७३ वर्षीय तुलसीराम भेटवालज्यूले निर्माण गर्नुभएका धुप वडाअध्यक्ष अनिल वाग्लेले व्यक्तिगत रूपमा खरिद गर्नुभएको छ।

EPIC EPIC EPIC EPIC EPIC

सामाजिक सञ्जालमार्फत वाग्लेले भन्नुभयो, “याे कार्यक्रमले अपाङ्गता भएकाे परिवारलाई आत्मनिर्भर बनाउँदै आर्थिक सहजता ल्याउने उद्देश्य राखेकाे थियाे। अहिले प्रतिफल देखिन थालेकाे छ, हामी खुसी छाैँ।”

भेटवालज्यूले सरकारकाे याेजनाले आफूहरूमा नयाँ उत्साह जागेकाे बताउँदै भन्नुभयो, “सरकारले सिकाएको सीपलाई निरन्तरता दिनुपर्छ। सबैले यसलाई अँगाल्नुपर्छ।”

त्यस्तै, तालिममा सहभागी अर्का सदस्य तेजराज घिमिरेले पनि सिकेका सीपहरूलाई नियमित रूपमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सीप सिकेर मात्रै हुँदैन, त्यसलाई निरन्तर अभ्यास गरेर मात्र सार्थक परिणाम आउँछ।”

उत्पादित कपुर धुपहरूको बजारीकरण मिलिजुली समूहमार्फत गरिनेछ। वडाअध्यक्ष वाग्लेले स्थानीय व्यवसायीहरूलाई सामाजिक उद्यममा सहयाेग गर्न, उत्पादन खरिद गरेर बजार सञ्जाल विस्तारमा याेगदान दिन आग्रह गर्नुभएको छ।

याे कार्यक्रमले अपाङ्गता भएका तथा विपन्न परिवारहरूलाई आर्थिक रूपले सबल बनाउँदै आत्मनिर्भर जीवनयापनकाे बाटाे खोल्ने विश्वास लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *