Search
Close this search box.
Search
Close this search box.

काठमाडौं महानगरले देशभरका विपन्न र असहायको निःशुल्क उपचार गराउँदै

EPIC

काठमाडौं महानगरपालिकाले देशको जुनसुकै पालिकाका विपन्न र असहाय नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेको छ । महानगरभित्रका ५२ अस्पतालबाट यस्तो सेवा दिइँदै छ ।महानगरका मेयर बालेन्द्र साहले पनि आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर उपचारका लागि काठमाडौं महानगरका अस्पतालमा आउन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक–बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका तीन सय ७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’ उनले यसबारे आवश्यक जानकारी लिन निःशुल्क टेलिफोन नम्बर ११८ मा फोन गर्न सकिने जानकारी पनि दिएका छन् ।

EPIC

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन ०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पतालहरूले विपन्न, असहाय र बेवारिसे नागरिकहरूलाई कुल शड्ढयाको १० प्रतिशत बिरामीलाई लाग्ने सम्पूर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने व्यवस्था छ । यद्यपि, ऐन कार्यान्वयन भएसँगै देशभरका विपन्न र असहायको निःशुल्क उपचार गर्दै आएको छ ।

 के–के चाहिन्छ कागजात ?

EPIC EPIC EPIC

नेपाल सरकार÷प्रदेश सरकार÷स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात–परिचयपत्र वा राष्ट्रिय परिचयपत्र÷नेपाली नागरिकता प्रमाणपत्र÷जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो ।
रोग पहिचान भए सोको कागजपत्र ।
सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी सर्जमिन गरेको कागज । सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारका लागि गरेको सिफारिसपत्र ।

EPIC

तीन महिनामा ३३ ले लिए निःशुल्क उपचार, १५ जनाको डायलाइसिस हुँदै

काठमाडौं महानगरपालिकाले तीन महिनाअघि सुरु गरेको लक्षित वर्ग उपचार सेवाबाट ३३ बिरामी लाभान्वित भएका छन् । महानगरभित्र रहेका निजी अस्पतालबाट दुईजना बेवारिसे र ३१ जना विपन्न गरी ३३ बिरामीले निःशुल्क उपचार सेवा लिएका हुन् । महानगरले निजी अस्पतालमा १० प्रतिशत लक्षित वर्ग उपचार सेवा कार्यान्वयनमा ल्याएको छ ।

निःशुल्क उपचार सेवा लिएकामध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार उपचार सेवा लिँदालिँदै दुईजना बिरामीको मृत्यु भएको छ । १२ जना बिरामी डिस्चार्ज भएका छन् । उपचार सेवा लिनेमध्ये तीनजना दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसूति रोग सेवा, एकजनाले पेटसम्बन्धी, एकजनाले आँखासम्बन्धी सेवा लिएका छन् ।

महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार शल्यक्रिया गर्ने बिरामीमध्ये एकजनाको पित्तथैलीमा पत्थरी भएको अप्रेसन र एकजना हर्निया भएका बिरामी छन् । उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम आँखाको उपचारका लागि दुई हजार पाँच सय रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।

‘उपचारमा धेरै खर्च लागेको दुई लाख ७४ हजार रुपैयाँबराबरको छ, यो खर्च अस्पतालहरूले व्यहोरेका छन्,’ उनले भने, ‘बिरामीमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एन्ड जनरल अस्पतालबाट, तीनजनाले काठमाडौं मोडेल अस्पतालबाट, दुईजनाले काठमाडौं मेडिकल कलेजबाट उपचार लिएका छन् । ब्लुक्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र छेत्रपाटी सामुदायिक अस्पतालबाट एक–एकजना बिरामीले सेवा लिएका छन् ।’ मिर्गौलाको डायलाइसिस गर्ने बिरामीले नेसनल मिर्गौला केन्द्रमा उपचार गराइरहेका छन् । नयाँ पत्रिकामा खवर छ।

EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *