Search
Close this search box.
Search
Close this search box.

कोशीमा यसै साता मन्त्रिपरिषद विस्तार हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै सातामा सरकार विस्तार हुने बताएका छन् ।

सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार विस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार विस्तार गर्ने बताए ।

EPIC

कार्कीले ५७ मत प्राप्त गरेका छन् । प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका थिए । नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए ।

बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने कि राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए ।

‘केही सैद्धान्तिक कुराहरु हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार बिस्तार गरिसक्छौं । जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ । जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ । नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ । त्यही अनुसार अघि बढ्नेछौँ । समयक्रममा सबैको सरकार बन्न पनि सक्छ । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, कि राजीनामा दिनुपर्छ । कि अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ । यसमा हामी स्पष्ट छौं,’ कार्कीले भने ।

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनै पनि फैसला आफूहरुले मान्ने बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *