झापामा १० वर्षपछि पक्राउ परे जवरजस्ती करणी र चोरी मुद्दाका एक फरार प्रतिवादी

झापा । झापामा जवरजस्ती करणी र चोरी मुद्दाका एक फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.११ बस्ने ३२ वर्षीय प्रदिप राई रहेका छन् । तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसला अनुसार जवरजस्ती करणी र चोरी मुद्दामा १० बर्ष कैद तथा पीडितलाई रु.१ लाख क्षतिपूर्ति भराउनु पर्ने फैसला भई राई फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पाँचथरको फिदिमबाट शुक्रवार उनलाई पक्राउ गरेको हो । आज झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *