नेपाल-भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटाेली प्रहरीले साेमबार साँझ ६ बजेकाे समयमा ६ राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।
भारतबाट लागुओैषध बाेकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गाेली चलाएकाे एसपी केसीले बताए । प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाकी छ ।