Search
Close this search box.
Search
Close this search box.

नवनिर्वाचित पत्रकारलाई बिर्तामोडमा स्वागत तथा सम्मान

बिर्तामोड, चैत २९ । हालै निवार्चित नेपाल पत्रकार महासंघ झापा शाखामा नवनिर्वाचित जिल्लाका पदाधिकारी,प्रदेश तथा केन्द्रका परिषद सदस्यलाई आज बिर्तामोडमा आयोजित एक कार्यक्रम बीच स्वागत तथा सम्मान गरिएको छ ।

संयुक्त निर्वाचन परिचालन समिती को आयोजनामा भएको बधाई तथा शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिब चन्द्र भण्डारिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै भण्डारिले निर्वाचित नयाँ नेतृत्वलाई महासंघको गरीमा र इतिहासलाई अक्षुण राख्न नयाँ नेतृत्वलाई उचाईमा पुर्रयाउन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

EPIC

उहाँले खासगरी आदिवासी जनजाति, पिछडिएका समुदायमा लक्षित कार्यक्रम संचालन गर्न सुझाब दिनु भयो । उहाँले अब पत्रकार महासंघको भुमिका अझै बढेर गएको बताउदै आफ्नो क्षेत्र र सिमालाई फराकिलो बनाउदै भारतका नजिकका पत्रकार हरु संग समन्वय गरेर सिमा विवाद र मिचिएका ठाउँको बारेमा छलपल चलाउन आग्रह गर्नुभयो ।

संयुक्त निर्वाचन परिचालन समितीका संमोजक कृष्ण हुमागाईको सभापतित्वमा भएको सो कार्यक्रममा नवनिर्बाचित अधयक्ष एकराज गिरी ,प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पुर्वेली प्रेस संगठन झापाका मुक्ती पौडेल ,पुर्व सभापति लोकराज ढकाल, प्रदेश कोषाध्यक्ष बिमल लामिछाने लगायतले शुभकामना मन्तवय राख्नुभएको थियो ।

निर्वाचित जिल्लाका पदाधिकारी ,प्रदेश तथा केन्द्रका परिषद सदस्यहरुलाइ प्रमुख अतिथी भण्डारी तथा अतिथी हरुले खादा तथा अबिर लगाएर सम्मान गर्नुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *