नेपालमा सडक दुर्घटना : आर्थिक र मानसिक रूपमा क्षति

बुद्धशान्ति । विगत एक दशकको सरकारी विवरणले नेपालमा सडक दुर्घटनाबाट दैनिक रूपमा सात जनाको ज्यान जाने गरेको देखाएको छ । कतिपय विज्ञहरू यसले नेपालमा सडक सुरक्षाको अवस्था “भयानक रहेको देखाएको“ बताउँछन् ।
दुर्घटनामा आफ्नो परिवारका सदस्य गुमाएकाहरूले सडक दुर्घटनाले आफूहरूलाई “आर्थिक र मानसिक“रूपमा गहिरो क्षति पुगेको बताउने गरेका छन् । सडक दुर्घटनामा धेरै क्षति पुग्छ तर हवाई दुर्घटनामा जस्तो सरकारले ’ध्यान दिँदैन’ । अधिक सडक दुर्घटनाका कारण कुनै पनि परिवार र राज्यलाई समेत व्यापक घाटा पुग्ने सरकारी निकायहरूले नै गरेका कतिपय अध्ययनहरूको निष्कर्ष छ ।


ती अध्ययनअनुसार सडक सुरक्षा अभिवृद्धि र दुर्घटना न्यूनीकरणका लागि नेपालमा एउटा छुट्टै निकाय बनाउनुपर्ने आवश्यक भइसकेको छ । यद्यपि अध्ययनपछि बुझाइएका प्रतिवेदनहरूमा दिइएको त्यस्तो सुझाव कार्यान्वयनतर्फ सरकारले खासै चासो नदेखाएको विज्ञहरू बताउँछन् । अधिकारीहरू चाहिँ सडक सुरक्षाबारे आफूहरू गम्भीर रहेको र आवश्यक सबै कार्यहरू गरिरहेको बताउँछन् ।

EPIC EPIC EPIC EPIC EPIC


सडक दुर्घटनाको मानवीय क्षति
नेपाल प्रहरीले उपलब्ध गराएको विवरण अनुसार विगत १० वर्षमा नेपालमा विभिन्न खाले सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ । सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको सङ्ख्या अत्यधिक छ । विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू भएका छन् । सडक दुर्घटनामा परेर गत आर्थिक वर्ष (२०८०÷८१) मा मात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ । सडक दुर्घटनामा गम्भीर घाइते हुनेको सङ्ख्या पनि अत्यधिक हुने गर्छ । विगत १० वर्षमा ५० हजार जनाभन्दा बढी गम्भीर घाइते भएको प्रहरीको विवरणले देखाउँछ ।


एकजना ट्राफिक इन्जिनियर तथा सडक सुरक्षा विज्ञ आशिष गजुरेल दुर्घटना हुँदा सुरुमा गम्भीर घाइते भनिएका कैयौँको केही दिनमा निधन हुन सक्ने ठान्छन् । “त्यसले गर्दा मृतकको सङ्ख्या जति सार्वजनिक हुन्छ, त्योभन्दा अधिक हुने गर्छ,“ उनी भन्छन् ।


‘मृतकमा वयस्क पुरुष धेरै’
गत वर्ष पुसमा सरकारलाई बुझाइएको यातायात क्षेत्र सुधारसम्बन्धी एउटा प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा ज्यान जानेमा आर्थिक रूपमा सक्रिय पुरुषको सङ्ख्या ७७ प्रतिशत देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन–२०८०अनुसार नेपालमा सडक दुर्घटनामा पर्नेमा मोटरसाइकल चालकहरू धेरै देखिन्छन् ।


“यसले पनि नेपालमा दुर्घटनाबाट मृत्यु हुनेमा युवा समूह बढी रहेको पुष्टि गर्दछ,“ उक्त प्रतिवेदनमा भनिएको छ । प्रहरी अधिकारीहरू पनि नेपालमा अधिकांश दुर्घटना मोटरसाइकलसँग सम्बन्धित रहेको र मृतकमा पनि उक्त समूहकै धेरै रहेको बताउँछन् । उक्त प्रतिवेदनअनुसार तुलनात्मक रूपमा नेपाल अधिक सडक दुर्घटना हुनेमा पर्छ ।
प्रतिवेदनमा भनिएको छ, “दश जनामा एक जनासँग मात्र सवारीसाधन भएको नेपाल जस्तो मुलुकमा विद्यमान सवारी दुर्घटनाबाट भएको मृत्युको तथ्याङ्क असाध्यै धेरै सवारीसाधन भएका अस्ट्रेलिया, संयुक्त अधिराज्य र नेदरल्यान्डस्को भन्दा तुलनात्मक हिसाबले निकै बढी छ ।“

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *