Search
Close this search box.
Search
Close this search box.

पत्रकार महासंघ पाँचथरको आफ्नै भवन

पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथरको भवन निर्माण भएको छ । १ करोड २९ लाख अठासी हजार रुपैयाँ लगानीमा भवन निर्माण सम्पन्न भएको हो ।

गत ०७६ जेठबाट गोदार निर्माण सेवा प्रालिले भवन निर्माण थालेको थियो । गत ०७७ वैशाखमा नै काम सक्नुपर्ने भए पनि लकडाउनको कारण कामदार नआएपछि ६ महिनाको म्याद थपगरी काम सकिएको महासंघले जनाएको छ । भवन निर्माण पश्चात पत्रकारहरुलाई काम गर्न तथा छलफल, अन्तक्रिया,पत्रकार सम्मेलन जस्ता कार्यक्रम गर्न सहज हुने महासंघका पाँचथर अध्यक्ष लवदेव ढुंगानाले बताउनुभयो ।

उहाँका अनुसार महासंघको भवन निर्माणका लागि प्रदेश १ सरकारले ७३ लाख ३८ हजार रुपैया, नयाँ शहर आयोजनाले ३० लाख रुपैयाँ, फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका लगायत जिल्लाका अन्य सरकारी कार्यालयको सहयोगमा भवन निर्माण गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *