Search
Close this search box.
Search
Close this search box.

पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ

 करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।

EPIC

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।

सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । साभार: अनलाइन खवर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *