Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्री ओलीद्वारा धरमपुर-मंगलबारे जोड्ने पुल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार झापामा कमल गाँउपालिका वडा नं २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गरेका छन् ।

भद्रपुर बिमानस्थल हुँदै उनले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा पर्ने कमल गाँउपालिका आएका हुन् । ओलीले निर्वाचनको समयमा आफ्ना भाषणहरुमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहि पनि बाँस तथा काठको पुल नहुने दाबी गरेका थिए ।

ओलीले कुनै भाषण नगरी पुलको रिविन काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा गएका छन् । यहाँ पुल नभएका कारण शिवसताक्षी र कमलका बासिन्दालाई एकआपसमा जोडिन समस्या भएकोमा यो समस्या हल भएको स्थानीयले बताएका छन् ।

आज कमल गाँउपालिका र दमक नगरपालिकामा ओलीका आधा दर्जन कार्यक्रमहरु रहेकाछन् । पुल उद्घाटन र शिलन्यासका कार्यक्रमहरु साँझसम्म रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयकासदस्य होमबहादुर थापाले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *