Search
Close this search box.
Search
Close this search box.

बुट्टाबारीमा मोटरसाइकल दुर्घटना, चालककोे मृत्यु

झापा । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरी रहेका छन् ।

EPIC

पूर्वतर्फ जाँदै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित भई बिपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घाईते भएका चौधरीको उपचारको लागी बि एण्ड सी हस्पिटल बिर्तामोड पुर्याउना साथ मृत्यु भएको हो ।

ट्रक, ट्रक चालक ईलाम देउमाई ६ रक्सेका ४२ बर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी ४ का ३० बर्षीय खड्कबहादुर भुजेललाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *