बुद्धशान्तिलाई रु ३९ करोड सहित झापाका पालिकालाई ७ अर्ब २२ करोड संघीय अनुदान

बुद्धशान्ति(पालिका सन्देश) । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर–सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाँट र अनुदान व्यवस्थाको विवरण सार्वजनिक गरेको हो । आगामी आव २०८३÷८४ का लागि झापाका १५ पालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा ७ अर्ब २२ करोड रुपैंया अनुदान विनियोजन भएको छ ।


जसअनुसार आठ नगरपालिकाका लागि ४ अर्ब ५७ करोड ४१ लाख र ७ गाउँपालिकाका लागि २ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ अनुदान विनियोजन भएको हो । सबैभन्दा धेरै मेचीनगर नगरपालिकालाई ८४ करोड ९४ लाख बजेट विनियोजन गरिएको छ भने सबैभन्दा कम हल्दिवारी गाउँपालिकालाई रु ३२ करोड ५ लाख वजेट विनियोजन गरिएको छ ।

EPIC EPIC EPIC


त्यस्तै अर्जुनधारा नगरपालिकालाई ५३ करोड १९ लाख, कन्काईलाई ३६ करोड ४० लाख, गौरादहलाई ५२ करोड ४ लाख, दमकलाई रु ५८ करोड ९६ लाख, बिर्तामोडलाई रु ५७ करोड ८९ लाख, भद्रपुरलाई रु ५० करोड ८५ लाख र शिवसताक्षी नगरपालिकालाई रु ६३ करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिका अन्र्तगत कमल गाउँपालिकालाई रु ४४ करोड ६९, गौरीगञ्जलाई रु ३७ करोड १२ लाख, कचनकबललाई रु ४२ करोड ७ लाख, झापालाई रु ३५ करोड ९५ लाख, बाह्रदशीलाई रु ३३ करोड ३४ लाख र बुद्धशान्तिलाई रु ३९ करोड ५१ लख बजेट विनियोजन गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च