बुद्धशान्ति हाफ म्याराथनमा बैतडीका नरेन्द्रसिंह बने विजेता

बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्ति गाउँपालिकाबाट सुरु भई पुनः गाउँपालिकामै समापन हुने २१ किलोमिटर बुद्धशान्ति हाफ म्याराथन सफलतापूर्वक मंगलबार सम्पन्न भएको छ । बर्खा स्मृति प्रतिष्ठानको आयोजनामा तथा स्ट्रीम एनर्जी ड्रिङ्सको सह–प्रायोजनमा आयोजित प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताले बुद्धशान्तिलाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगिताको पुरुषतर्फ बैतडीका नरेन्द्रसिंह रावत प्रथम हुँदै रु. ५० हजार नगद पुरस्कार प्राप्त गरे । हुम्लाका सुशील कुमार शाही द्वितीय हुँदै रु. ४० हजार, गोरखाका सञ्जय श्रेष्ठ तृतीय हुँदै रु. ३० हजार, भारतको उत्तर प्रदेशका गुलशन कुमार चौथो हुँदै रु. २० हजार तथा भारतको कालिम्पोङका विकाश मगर पाँचौं हुँदै रु. १० हजार नगद पुरस्कारबाट सम्मानित भए । महिलातर्फ धरानकी सिला राईले २१ किलोमिटर दूरी २ घण्टा ८ मिनेटमा पूरा गर्दै प्रतियोगितामा सहभागी पहिलो महिला धावकका रूपमा रु. ५ हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

EPIC EPIC EPIC


कार्यक्रमको उद्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियोभने समापन सत्रमा झापा जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, चर्चित नेपाली धावक समापन बैकुण्ठ मानन्धर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थका कार्यवाहक अध्यक्ष हेमबहादुर प्रसाईंको सभापतित्व रहेको थियो ।


आयोजकका अनुसार बुद्धशान्ति हाफ म्याराथनले स्थानीय खेलकुद पर्यटनको प्रवद्र्धन, स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय धावकहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ । आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारीसमेत गरिने आयोजकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च