Search
Close this search box.
Search
Close this search box.

भाऊ घटेपछि भारतमा सुनको माग बढ्यो

नयाँ दिल्ली/ विवाहको सिजन र मूल्य घटेपछि भारतमा सुनको माग बढेको छ । यसले अघिल्लो त्रैमासमा ३० प्रतिशतले ओरालो लागेको बजारमा सम्भावित सुधारको संकेत गरेको छ ।


भारतीय ज्वेलरहरु तिहारमा राम्रो माग भएपछिको समयमा मौज्दात बढाउनतर्फ लागेका छन् । कोभिड–१९ लाई समाहित गर्नका लागि कडा लकडाउनको व्यवस्था गरिएकाले विगतका केही महिनाहरुमा सुनको खरिद रोकिएपछि विवाहको सिजनमा उपभोक्ताले पुनः खरिद गर्न थालेका छन् ।

EPIC EPIC


प्रायजसो तिहार र विवाहको सिजनमा सुनको माग वृद्धि हुने र हालको सस्तो मूल्यका कारण उपभोक्ताको सुनप्रतिको मागमा वृद्धि भएको छ ।


सेप्टेम्बरको अन्त्ययता थोक सुनको मूल्यमा सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ । अमेरिकी डलरको अवमूल्यन भएपनि खुद्रा सुनको मूल्यमा पनि गिरावट आएको छ । सुनलाई परम्परागत रुपमा सुरक्षित सम्पत्ति मानिदै आएको छ । प्रायजसो डलर कमजोर भएको समयमा सुनको मूल्य बढ्ने गर्छ ।


“सुनको मूल्यमा ठूलो गिरावट आएकाले यो साता सुनको खरिद बिक्रीमा वृद्धि भएको छ । त्यसैले हामीले खुद्रा कारोबारमा चासो गएको पाएका छौ,” एलपीएम ग्रुपका प्रडक्ट मेनेजर केनानले बताए । केहीले मूल्य अझै ओरालो लाग्ने अनुमानकाबीच नाफाका लागि बिक्री गर्ने भएकाले मूल्य झनै ओरालो लाग्न सक्ने उनले बताए ।

भारतमा गहनाको माग गत वर्षको सोही त्रैमासको तुलनामा जुलाई–सेप्टेम्बरको त्रैमासमा झन्डै आधाले घटेको छ । समग्र सुनको मागमा भने एक तिहाईले गिरावट आएको विश्व सुन परिषदले जनाएको छ । यसैबीच विश्वव्यापी सुनको मागमा भने १९ प्रतिशतले गिरावट आएर ८९२ टन कायम भएको छ । यो एक दसक भन्दा बढी अवधिकै त्रैमासिक कम हो ।एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *