Search
Close this search box.
Search
Close this search box.

यस वर्षको हिउँदमा जाडो कम, वर्षा बढी

काठमाडौं । यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

EPIC EPIC

विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म)को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले प्रष्ट्याइन् ।

अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ ।

विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागभा सदरभन्दा बढी गर्मी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

कोशी प्रदेशका मध्य भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना भने ३५ देखि ४५ प्रतिशत छ । बाँकी भूभागमा भने सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यस्तो छ वर्षाको आँकलन

यसैगरी कोशी प्रदेश, बागमती, प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

यसैगरी कोशी प्रदेशको दक्षिणी भाग, मधेश प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तरपश्चिमी भाग र गण्डकी प्रदेशको दक्षिण पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यस्तै कणाली प्रदेशको मध्य तथा उत्तरी भाग र सुदूरपश्चिमको उत्तरी भागमा सरदरभन्दा कम वर्ष हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *