Search
Close this search box.
Search
Close this search box.

रुखमा कार ठोक्किंदा भारतमा पाँच जनाको मृत्यु

भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । 

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो । कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

EPIC

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भन्नुभयो, “शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।” 

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *