Search
Close this search box.
Search
Close this search box.

रोल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

रोल्पा। तुलसीपुरबाट छुटेको गाडी रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट छुटेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका २ ओइलाङमा आज दिउँसो करिब ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्याम सारु मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परि रोल्पाको गंगादेब गाउँपालिका २ ओइलाङका २५ बर्षिय जेनीसा डागी, गंगादेब गाउँपालिका वडा नम्बर ३ बडा ढुङगाका ४४ बर्षिय मोहन केसी र गंगादेब गाउँपालिका वडा नम्बर २ हेलुम खोलाका ४० बर्षिय सिता बिक घाइते भएको उहाँले बताउनुभयो ।
घाइते मध्य जेनीसा, मोहन र सीताको अवस्था मध्यम रहेको र उनिहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको डिएसपी सारु मगरले बताउनुभयो । अन्य तिन जनाको अवस्था सामान्य रहेको छ । गाडीमा २० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *