वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर हद बढाउने तयारी गरेको छ। हाल ६८ वर्ष उमेर पुगेका वृद्ध नागरिकलाई मासिक ४ हजार रुपैयाँका दरले दिइँदै आएको भत्ता अब ७० वर्ष पुगेपछि मात्र दिने गरी नीतिगत परिवर्तन गर्ने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वृद्धभत्ता दिने उमेरसीमा ७० वर्ष वा सोभन्दा माथि पुर्‍याउने प्रस्ताव गरिएको छ। सरकारले भत्ता दिने उमेर घटाएर र रकम बढाउँदा राज्यको ढुकुटीमा दबाव परेको भन्दै यो निर्णय लिन लागेको जनाइएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

हालसम्म देशभर ६८ वर्ष उमेर पुगेका १६ लाख ९२ हजार १६३ जना वृद्ध नागरिकले भत्ता पाइरहेका छन्। त्यस्तै, साबिक कर्णाली अञ्चलका नागरिक र देशभरका दलित समुदायका वृद्धहरूले भने ६० वर्ष नपुग्दै मासिक २ हजार ६६० रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन्।

दलित वृद्धभत्ता पाउने लाभग्राही १ लाख ६३ हजार ७६ जना छन् भने एकल महिला भत्ता बुझ्ने ज्येष्ठ नागरिक १ लाख ६९ हजार ६८९, कर्णाली क्षेत्रअन्तर्गतका वृद्ध १७ हजार २३५, विधवा ४ लाख १३ हजार ८६४ र तोकिएका क्षेत्रका बालबालिका ७ लाख ४७ हजार ९४ जना रहेका छन्।

सरकारले ढुकुटीको दिगोपनालाई ख्याल गर्दै सामाजिक सुरक्षा कार्यक्रमलाई सन्तुलित बनाउने प्रयासस्वरूप यस्तो प्रस्ताव अघि सारेको बताइएको छ। यद्यपि, वृद्ध नागरिक, सामाजिक कार्यकर्ता तथा अधिकारकर्मीहरूले भने यो प्रस्तावले सामाजिक सुरक्षामा कटौती गर्ने संकेत दिएको भन्दै आपत्ति जनाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. हामीले वृद्धभत्ता खानेबेलामा उमेर ७० भन्दा माथी बनाउने रे! बरु मरेपछी दिन्छु भन्नू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *