विराटनगर । श्रम संस्कृति पार्टीतर्फ जनजाति समुदायका नेता–कार्यकर्ताको बढ्दो आकर्षण रोक्ने रणनीतिअन्तर्गत नेकपा (एमाले) ले कोशी प्रदेशमा नेतृत्व परिवर्तनको तयारी गरेको छ। उच्च राजनीतिक स्रोतका अनुसार सोही रणनीतिअनुसार वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पदबाट राजीनामा दिने तयारी गरेका छन्।
स्रोतका अनुसार कार्कीको राजीनामापछि एमालेका तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिएको छ। जनजाति समुदायबाट स्थापित नेताका रूपमा रहेका मेन्याङ्बोलाई नेतृत्वमा ल्याएर श्रम संस्कृति पार्टीतर्फ देखिएको सम्भावित जनजाति आकर्षण रोक्ने र एमालेको जनाधार थप सुदृढ बनाउने उद्देश्य रहेको बताइएको छ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातै प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति भएको छ। सोही सहमतिअनुसार कार्कीको राजीनामापछि नेकपा र एमालेको सहकार्यमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने जनाइएको छ।



















