सरकारको आलोचना गर्दा पक्राउ परेका सुजित केसी प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्दा पक्राउ परेका सुजित केसीलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका संयोजक केसीलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आइतबार (आज) न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले बन्दीसहित अदालतमा उपस्थित हुन र कारण देखाउन आदेश जारी गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

केसीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले गत शुक्रबार पक्राउ गरेको थियो। केसीलाई गैरकानुनी रूपमा थुनामा राखेको अधिवक्ता राजकुमार श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो। जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि पाँच दिनको समय लिइसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *