Search
Close this search box.
Search
Close this search box.

सेती अस्पताल जलमग्न भएपछी विरामीको विचल्ली

 सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो भवन जलमग्न भएको छ ।

आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो । अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डमा पानी भरिएको छ । एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको त्यहाँ कार्यरत एक जना स्टाफ नर्स नाम बताउन नचाहेको ले बताए ।

EPIC EPIC EPIC

अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका गाइने वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डंगौराले बताए ।

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसै गरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । यसै गरी, वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ । वर्षाको पानी घरमा समेत पसेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *