काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट ७ किलो ६५३ ग्राम परिमाणको सुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट भन्सार पास भएर नेपाल आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको कन्टेनरसहित २४ वर्षीय किशोर भुजेल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी खेमबहादुर शाहीका अनुसार स्याउ बोक्ने कन्टेनरमा चालक माथि फल्स बटनमा सुन तस्करी गरेर नेपाल आउने क्रममा गाडीसहित चालक पक्राउ परेका हुन् । ‘स्याउ बोक्ने गाडीको चालकभन्दा माथिपट्टिको फल्स बटनमा सुनजस्तो धातु देखिएपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’, डिएसपी शाहीले सिधाकुरासँग भने ।