Search
Close this search box.
Search
Close this search box.

हल्दीबारी गाउँपालिकाद्वारा ४५६ किसानलाई तोरी र गहुँको विउ वितरण सुरु

हल्दीबारी गाउँपालिकाले ४५६ किसानलाई तोरी र गहुँ को विऊ बाढ्न सुरु गरेको छ । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनका अनुसार हल्दिबारीलाई तेल तथा गहुँमा आत्मनिर्भर बनाउन बनाउनु ५०÷५० साझेदारी कार्यक्रम अन्तर्गत वडा वडाबाट विउ वितरण गर्न सुरु गरिएको हो । उनका अनुसार किसानलाई आन्मनिर्भर बनाउने उदेश्यले किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोग देखी विउ विजन र कृषि औजारहरुको व्यवस्थापन किसानको माग अनुसार गर्दै आएको छ ।

यस सिजनमा ३५०५ केजी गहुँको विउ र ३२४० केजी तोरीको विउ ४५६ किसानलाई बाढ्न सुरु गरिएको कृषि शाखा प्रमुख छविलाल गुरुङ्गले जानकारी दिए । उनका अनुसार वडा नं. १ का ७१ किसानलाई ५५७ किलो तोरीको विउ र २५ किसानलाई ६७६ किलो गहुँको विउ वितरण गरिदैछ । त्यस्तै वडा नं. २ का १७३ किसानलाई ८०४ केजी तोरीको विउ र ६२ किसानलाई १९८६ किलो गहुँको विउ वितरण गरिदैछ । त्यसैगरि वडा नं. ३ का ३६ किसानलाई २३४ किलो तोरीको विउ र ३ जना किसानलाई ५६ किलो गहुँको विउ बितरण गर्न लागिएको छ । कृषिशाखा प्रमुख गुरुङ्गका अनुसार वडा नं. ४ का ४८ किसानलाई ११५३ किलो तोरीको विउ र ५ किसानलाई २२२ किलो गहुँहो विउ वितरण हुदैछ । त्यस्तै वडा नं. ५ का ३१ किसानलाई २६७ किलो तोरीको विउ र २ किसानलाई ६५ किलो गहुँकाे विउ उनिहरुको माग अनुसार आजबाट बितरण गरिदै आएको छ ।

EPIC

निवेदनमा पहुच नपुगेका किसानलाई १०० किलो तोरीको विउ र ५०० किलो गहुँको विउ पालिकाबाट वितरण गर्न लागिएको प्रमुख गुरुङ्गले जानकारी दिए । उक्त साझेदारी कार्यक्रममा रु.५९९४०० को तोरीको विउ खरिद गरिएको छ भने रु.२८०००० बराबरको गहुँको विउ टेण्डर प्रकृयाबाट खरिद गरिएको हो । शाखा प्रमुख गुरुङ्गका अनुसार ३२४ विघाहमा साझेदारी कार्यक्रम अन्तर्गत तोरी खेती लगाइदैछ भने ४३.७५ विघाह गहुँ खेती गरिदैंछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *