‘कोठेबारी, ढुङ्गा र माटो’ कविता संग्रह लोकार्पित

बुद्धशान्ति, पौष १५ । कवि गणेश निरौलाको कविता संग्रह ‘कोठेबारी, ढुङ्गा र माटो’ लोकार्पण भएको छ । बुद्धशान्ति गाउँपालिका वार्ड नं. ३, बुधबारे स्थित रामजानकी मन्दिरको सभा हलमा साहित्य प्रेमीहरुको एक भव्य समारोहबीच कविता संग्रह लोकापर्ण भएको हो ।

घर दलान साहित्य अभियान बुद्धशान्तिको आयोजना, शिक्षा सेवी भीम निरौलाको सभाध्यक्षता, प्राज्ञ तथा साहित्यकार विवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित, पानसमा दीप प्रज्वलन र स्वस्ती बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कवि निरौलाको कविता संग्रह लोकार्पण गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

दिव्या निरौलाले अतिथिहरुलाई स्वागत गरेको कार्यक्रममा डा. गंगाप्रसाद अधिकारीले कृतिको समीक्षा गरेका थिए । कृतिमा, शासक, सरकारहरुले सही ढंङ्गले देश हाँक्न नसकेका, व्यबस्था ब्यबस्थित हुन नसकेका, जनआकांक्षाहरु पूरा गर्न नसकेका लगायतका गुनासाहरु, कृतिकारको जीवन भोगाई, अनुभव, भावना, आवेग, असन्तृष्टी, चित्त दुखाई, प्रसन्नता, देशको राजनीति, देशकै माटो, स्थानियताका विषयहरु समेटिएका गहन कविताहरु रहेका समीक्षक अधिकारीले बताए ।

कार्यक्रममा प्राज्ञ पवन राजबंशी, चूडामणि वशिष्ठ, तारा विविध, कोमल निरौला, पुण्यप्रसाद खरेल, चन्द्र भण्डारी, केशव आचार्य, विनोद खनाल लगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा झापा, इलाम, मोरङ्ग र भारतका स्रष्टा, सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि विवश पोखरेलले झापा नेपाली साहित्यको राजधानी रहेको विचार मन्तव्यको क्रममा बताए । विशिष्ट अतिथिहरु कोमल निरौला, केशव आचार्य, पवन राजवंशी, पुण्य प्रसाद खरेल र चन्द्र भण्डारीले पनि मन्तव्य राखेका थिए ।

लिला भट्टराई, ऋजन मायालु, सफलता फूयाल, देवीचरण भण्डारी, खिल प्रसाद, जय आचार्य, टीका भट्टराई नेपाल, बलभद्र थापा, लक्ष्मी अच्युत ढुङ्गाना, विनोद खनाल, लक्ष्मी रिजाल, लता खरेल, सविन सिटौला, योगेश नेपाल अनन्त, पुरुषोत्तम ढुङ्गेल, पुष्प काफ्ले, माधव तिम्सिना, राम तिम्सिना, मिना निरौला, कालीबहादुर थापा, प्रचुर अभाव, कृष्ण रिजाल, जय भण्डारी, स्नेह पौडेल, मीरा निरौला, हेमन्ता भण्डारी र प्रकाश न्यौपानेले आआफ्ना काव्य रचना बाचन गरेका थिए ।

कार्यक्रममा, शिवकुमार पौड्याल, टीकाराम पोखरेल, कृष्ण बराल, मुनाराज शेर्मा, कुमार भट्टराई, भक्त खपाङ्गी, मातृका संग्रौला, विष्णुप्रसाद पोखरेल, बेनुप्रसाद पनेरु, डम्बरकुमार प्रधान, सी.पी. पौड्याल, हरि उप्रेती, गोमा रिजाल निरौला, गोविन्दप्रसाद पौड्याल, हेमेन्द्र खतिवडा, केशव सापकोटा, केशव ढुङ्गेल, लक्ष्मीनारायण खरेल, भगवती ढुङ्गेल, मनिशा चम्लागाइ दाहाल, केशी श्रेष्ठ, हरिप्रसाद रिमाल, माधव खतिवडा, राजु पौड्याल, सीता पौड्याल, प्रेम प्रकाश फलाहारी, रुकमणी पाठक, देवेन्द्र अधिकारी, धनबहादुर श्रेष्ठ, उषा अधिकारी, अस्मिता धिमाल, हरि पौड्याल, गंगाप्रसाद सिवाकोटी लगायत थुप्रै साहित्यप्रेमीहरुको आतिथ्यता रहेको थियो ।

आयोजकले प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु र कृति समीक्षकलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रम नाटककार तथा साहित्यकार टंक विकल्पले संचालन गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *