Search
Close this search box.
Search
Close this search box.

विपन्न परिवारहरुलाई सोलार सिष्टम वितरण

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं ७ मौनाबुधुक र वडा नं ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मिटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।

EPIC

रमाइलो कक्षा संचालनको लागि सो वडामा संचालनमा रहेका केजी र बाल कक्षाहरुमा १२ थान एलइडी टिभी जडान गरिएको छ भने कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुको लागि दुई हजार ८ सय पिस स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनु भयो । सो अभियान गाउँपालिकाका सबै वडामा संचालन गरिनेछ । चौबिसे गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *