बुद्धशान्ति गाउँपालिकाले कृषकलाई ‘कृषक परिचयपत्र’ दिने

बुद्धशान्ति । सरकारले सबै स्थानीय निकाय मार्फत कृषकहरुको विवरण समेटी कृषक परिचयपत्र तयार गर्ने भनिएपनि काम शुरु हुन सकिरहेको छैन। झापामा भने दुईवटा पालिकाहरुले यसको थालनी गरेका छन्।


झापाको कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाले कृषकहरुको जग्गा, उत्पादन, बजार लगायतका बिषयमा तथ्यांक संकलन शुरु गरेका हुन्। कृषकहरुको उत्पादन र अवस्था हेरी क, ख, ग र घ बर्गमा छुट्याउने बुद्धशान्ति गाउँपालिकाका कृषि प्राविधिक कृष्ण ढुङ्गेलले बताएका छन् ।

EPIC EPIC EPIC
Open photo


कृषकको वर्गीकरणका आधारमा उनीहरुलाई अनुदान प्रदान गर्ने नीति रहेको समेत प्राविधिक ढुङ्गेलले बताएका छन् । परिचयपत्रका लागी विवरण संकलनको काम हाल बुद्धशान्तिको १ नम्बर वडामा संचालन भइरहेको छ। आर्थिक बर्ष 0७७/७८ मा बुद्धशान्तिको वडा नम्बर १ मा मात्रै यो कार्यक्रम संचालन हुने र क्रमशः बढाउदै लैजाने कृषि प्राविधिक ढुङ्गेलले जनएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च