झापा- झापाको अर्जुनधारा ८ शनिश्चरे वजारमा सञ्चालित शनिअर्जुन मार्टले सेवा बिस्तार गरेको छ ।
एउटै छानामुनी सम्पूर्ण घरायसी सामग्री उपलब्ध गराउने उद्देश्यले मार्टले माथिल्लो तलामा गिफ्ट आइटमका आवश्यक सामग्री थप गर्दै सेवा विस्तार गरेको हो ।
मार्टको माथिल्लने तलको उद्घाटन उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टीकराज ढकालले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, मार्टका सल्लाहकार मोहन रेग्मी लगायतले शुभकामना दिएका थिए ।
उक्त मार्टमा गिफ्टका सबै सामग्री सहित घरायसी सबै प्रकारमा वस्तु पाइने मार्ट सञ्चालक गजेन्द्र पौडेलले जानकारी दिए । मार्ट तीन करोड रुपैयाँ भन्दा लगानी गर्दै सञ्चालनमा ल्याइएको छ ।
मार्टमा सामग्री खरिद गर्ने ग्राहकलाई सदस्यता कार्ड बितरण गरिने र सो कार्ड मार्फत सपिङ गर्दा पोइन्टका आधारमा ग्राहकले छुट सुविधा पाउने सञ्चालक पौडेलको भनाई छ ।