Search
Close this search box.
Search
Close this search box.

झापा गोल्डकपको पाँचौं संस्करण : उपाधि कस्ले हात पार्ला ?

विर्तामोड। नेपाल आईस पाचौँ झापा गोल्डकपको उपाधि भिडन्त आज हुदैँछ । मुलककै चर्चित झापा गोल्डकपको पाचौँ संस्करणको उपाधिका लागि घरेलु टोली झापा ११ र विभागीय टोली त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिर्तामोडस्थित होटल दि किङ्सबरीमा आईतबार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलिले उपाधि जित्ने दावी गरे । घरेलु टोलि झापा ११ ले यो पटक उपाधी सुरक्षीत गर्ने टिम प्रशिक्षक सन्तोष गुरुङले बताए । झापा ११ लगातार झापा गोल्डकपमा पाँचौ पटक फाईनलमा प्रवेश गरेको हो ।

EPIC

गोल्डपको सबै संस्करणमा फाईनल पुगे पनि झापा ११ ले हालसम्म उपाधि जित्न सकेको छैन् । झापा ११ का कप्तान बिशाल राईले यो पटक भने उपाधि जित्ने रणनितिका साथ आफुहरु मैदानमा उत्रिने बताए ।

चौथो पटक फाईनलमा पुगेको आर्मी पनि उपाधि जित्ने दाउमा छ । आर्मीले झापा गोल्डकपको यसअघिको ३ वटा संस्करणको उपाधि जिती सकेको छ । प्रि म्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपानेले यो पटक पनि उपाधि जित्ने दावी गरे ।

झापा ११ मा पुरानो खेलाडीहरु नहुदाँ प्रतिस्पर्धा सहज हुने आंकल गरेको उनले बताए । लामो समयको रेष्ट पछि खेलमा फर्कीएका आर्मीक कप्तान नवयूग श्रेष्ठले पनि आफुहरु जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा रहेको बताए ।

झापा ११ ले आरपी एफसी सिक्किमलाई क्वाटरफाईनलमा र संकटा क्लबलाई सेमीफाईनलमा पराजित गरेर फाईनलको यात्रा तय गरेको हो ।

आर्मीले यो संस्करणमा एम एफसी दार्जिलिङलाई क्वाटरफाईनल र सातदोबाटो यूथ क्लबलाई सेमीफाईनलमा पराजित गरेर फाईनलको यात्रा तय गरेको हो ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *