Search
Close this search box.
Search
Close this search box.

उपचारकाे नाममा धामीझाँक्रीले रड तताएर कुटपिट गर्दा महिलाको मृत्यु

कञ्चनपुर – धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाेट नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

EPIC

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया ‍‍(रड) तताएर कुटपिट गरेको थियो । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए । “घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ”, उनले भने, “दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।”

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । “धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ”, उनले भने, “बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *