कालरूपी बाढी

-बासुदेव भुसाल

हेर्दाहेर्दै छुटे आफ्ना, बोल्नै नपाई गए,
अँगालो हाल्ने हातहरू पानीमै हराए।
कसैको सिउँदो रित्तियो, कसैको काख सुनसान,
एकै रातले लेखिदियो हजारौँ पीडाको बयान।

EPIC EPIC EPIC

कति शरीर बाँचे पनि जीवन अपाङ्ग भयो,
कति नाम बेवारिस बनी किनारामा रोयो।
कसैको घर छैन अब, कसैको आँगन छैन,
बाँचिरहेछन् मानिसहरू, तर आफ्नो संसार छैन।

कस्तो कहालीलाग्दो थियो त्यो विनाशको क्षण,
आकाश रोयो होला, रोयो होला प्रत्येक वन।
मानिसको चिच्याहटले पहाड पनि काँप्यो होला,
त्यो दृश्य देख्ने आँखाभित्र सधैँ आँधी छायो होला।

जिन्दगी साँच्चै के रहेछ र, क्षणिक यात्रामात्र,
आज सँगै हिँड्ने मान्छे भोलि सम्झनामात्र।
धन, घर, सपना सबै एकछिनमै रित्तिँदो रहेछ,
बाँच्नेको मुटुभित्र जीवनभर पीडा बस्दो रहेछ।

हे भगवान्! अब त यति कृपा गरिदिनु,
टुटेका हृदयलाई धैर्यको साहस भरिदिनु।
बगेर गएका आत्मालाई शान्तिको बास मिलोस्,
र रोइरहेका आँखामा फेरि आशाको उज्यालो फुलोस्।

आज दीप बाल्छौँ, आँसु चुपचाप झार्छौँ,
ती सम्झनालाई हृदयभित्र सधैँ सजाएर राख्छौँ।
बाढीले शरीर लग्यो, सम्बन्ध कहिल्यै लगेन—
मायाले बाँधिएका आत्माहरू कहिल्यै मर्दैनन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च