‘जनताले आँखाले देख्ने र अनुभूति गर्ने गरी काम गर्छु’ :गाउँपालिका अध्यक्षका उम्मेद्वार प्रसाईं

बुद्धशान्ति । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा दावेदारी दिएका मनोज प्रसाईंले गाउँपालिकामा अध्यक्ष भएर उत्कृष्ट र पारदर्शी काम गरेर देखाउने बताएका छन् । सञ्चारकर्मीसंग सक्षिप्त कुराकानी गदैै उनले यस्तो बताएका हुन् ।

May be an image of 8 people, people standing and outdoors

चुनावी प्रचारप्रसारमा लागेका प्रसाईं आफ्ना कार्ययोजना जनतालाई सुनाउदै भोट माग्दै छन् । उनले आँफू निर्वाचित भए गाउँपालिबाट पाउने सवारीसाधन नचढ्ने, भत्ता नलिने समेत केहीदिन अघि सार्वजनिक गरेका छन् । यसका साथै भौतिक पूर्वाधारको विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य क्षेत्रको सबलीकरण, कृषि क्षेत्रको उत्थान, वातावरण संरक्षण जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

EPIC EPIC EPIC EPIC EPIC

उनले गाउँपालिकालाई सफा र स्वच्छ राख्न नियमित सरसफार्इ अभियान चलाएर फोहोर व्यवस्थापनको दिगो संरचना तयार गर्ने, कृषिको उत्पादकत्व वृद्धि गर्दै यहाँका युवालाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने, गाउँपालिकाबाट दिईने सेवा प्रवाहलाई आधुनिक, प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने जस्ता कामहरू अघि सारेको सुनाए ।

May be an image of 7 people, people standing and tree

प्रसाईं भन्छन् ,- ‘मलाई पार्टीले दिएको जिम्मेवारी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षको उम्मेदवारी बन्न पाउनु हजारौँ युवाहरुको प्रतिनिधित्व गर्नु हो।’आफुलाई पार्टीले गरेको बिस्वासलाई सबै मतदाताहरुले बिश्वास गरि दर्बिलो साथ दिन आग्रह गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *