रुपन्देहीमा पुलको रेलिङ भाँच्दै रोहिणी खोलामा बस खस्यो, ९ जनाको मृत्यु

भैरहवा । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

रुपन्देहीमा पुलकाे रेलिङ भाँच्दै राेहिणी खाेलामा बस खस्याे, ९ जनाकाे मृत्यु

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरूको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याउने काम भएको जानकारी दिए ।

रोहिणी पुलबाट यसअघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

photo > silapatra

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *