भद्रपुरबाट ११ वर्षीय बालक तीन दिनदेखि बेपत्ता, खोजी गरिदिन अपिल

झापा । जिल्लाको भद्रपुरबाट ११ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका– २ स्थित कमलधाम गुम्बा बस्ने जितबहादुर निरौलाको ११ वर्षीय कान्छो छोरा दिपु निरौला जेठ १९ गतेदेखि बेपत्ता भएका हुन्।

भर्खरै भारतको असामबाट बसाइँ सरेर भद्रपुर आएका जितबहादुरका छोरा दिपु सिचाई प्रावि कक्षा ४ मा अध्ययनरत छन्। छोरा दीपु जेठ १८ गते बुधबार बिहान विद्यालय जान नमानेपछि हातमा बोकेको मोबाइल फोन खोसेर दुई झापड हानेको बताउँदै उनकी आमा सन्तोषी देवीले भनिन्, ‘त्यो दिन छोरा विद्यालय गएन, दिउँसो १२ बजे शौचालय जान्छु भनेर घरबाट हिँड्यो।’ त्यही दिन दिउँसो ४ बजे छिमेकीले दिपुलाई सगरमाथा चोकमा देखेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

‘छोरालाई कुटेकोले रिसाएर आफन्त वा साथीभाइको गएको भनेर मैले पनि खासै त्यस बेला वास्ता गरिनँ,’ सन्तोषीले भनिन्, ‘रातिसम्म छोरा घरमा आएन, पछि बुझ्दै जाँदा फुपू सीता महतोको घरमा गएर सुतेको रहेछ।’ भोलिपल्ट बिहीबार छोरा फुपूको घरबाटै एकाएक बेपत्ता भयो।

भर्खरै असामबाट आएकोले छोरालाई गाउँघरको बाटोघाटो पनि त्यति थाहा छैन। त्यसपछि छोरा हराएको भनी सीमा प्रहरी चौकी पृथ्वीनगरमा फोटोसहित निवेदन दिएको उनले बताइन्।

छोरा हराएकोले परिवारजनले आफन्तजन, छरछिमेक र साथीभाइ सबैतिर सोधी खोजी गरिसकेको छ। कतै पनि छोरा नगएकोले परिवारजनमा थप चिन्ता बढेको छ। छोरालाई खोजीमा सहयोग गरिदिन आमा सन्तोषी देवीले सबैसमक्ष अपिलसमेत गरेकी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *