सहिद रामप्रसाद प्रधान स्मुति प्रतिष्ठानको साधारणसभा सम्पन्न

चन्द्रकान्त वाग्ले,बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर  १ स्थित सहिद रामप्रसाद प्रधान स्मृति प्रतिष्ठान केन्द्र  नेपालको ६ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष चिन्तन पाठकले भाबि कार्यक्रम र प्रगति प्रतिबेदन गर्नु भएको थियो भने लेखा समिति संयोजक काजी श्रेष्ठले  २०७७/७८ को आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

EPIC EPIC EPIC

त्यस साधारणसभा बाट नयाँ  नेतृत्व चयन भएको छ। अध्यक्षमा छत्रकुमारी फुयाल को अध्यक्षता ९ सदस्यीय समिति बनेको छ भने २ जना पछि कार्यसमिति को पहिलो बैठकले मनोनित गरि ११ सदस्यीय कार्यसमिति हुने कुरा निर्वाचन मण्डलका संयोजक बासु नेपालले जानकारी गराउनु भयो ।

अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमख अतिथि सहिद धर्मपत्नी ईन्द्रमाया प्रधान,  अतिथिहरुमा शम्भु पौडेल,  चन्द्रप्रकाश कोइराला, लक्ष्मी सुवेदी, धनबहादुर गुरुङ, लक्ष्मी कडेल, तुलशा रेग्मी, सुमित्रा रसाइली लगायत रहनु भएको थियो ।

शुभकामना मन्तव्य शम्भु पौडेल  चन्द्रप्रकाश कोइराला र प्रमुख अतिथि  ईन्द्रमाया प्रधानले आगामि दिन अझै प्रगतिको कामना गर्नु भएको थियो ।

उक्त कार्यक्रम को संचालन संस्थाका सचिब शर्मानन्द घिमिरेले कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष खडानन्द वाग्ले गर्नु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *