Search
Close this search box.
Search
Close this search box.

झापामा अविरल बर्षा : डेढसय बढी घर उच्च जोखिममा

अविरल बर्षा

झापा। अविरल वर्षाले झापाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ ।

सोमबार रातिदेखि आएको वर्षाले कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवाखोलाले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् । त्यस्तै, कमल–६, खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ ।

EPIC

सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङका दुईवटा सुँगुर फार्म बगाएको छ । वडा नम्बर–६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँध समेत भत्काएको छ ।

यता, रतुवाखोलाले गौरादह नगरपालिका–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् । गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् । गौरादह–६ कै दामुनाखोला सुकुमबासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण शिवसताक्षी नगरपालिका–४, सन्थाल बस्ती ९सुकुमबासी बस्ती० मा कमल–बनियानीखोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेका छन् । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन माविमा राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *