बुद्धशान्ति गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यलय स्थापना भएको छ।
पार्टीका झापा जिल्ला अध्यक्ष उमेश खरेलले एक कार्यक्रमका बिच बोर्ड पढेर पार्टी कार्यलयको उद्घाटन गरे।
अघिल्लो साता पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले झापा भ्रमण गरेसँगै जिल्लाका बिभिन्न पालिकाका तदर्थ समिति बन्ने क्रम तिव्र रुपमा चलिरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्तिका अध्यक्ष शेखर भट्टराईले कार्यक्रमको अध्यक्षता गर्दै,पार्टीलाई बलियो बनाएर लैजाने उल्लेख गरे।
उनले भने,” हाम्रो पार्टीको राष्ट्रिय र साझा लक्ष्य प्राप्तिका लागी पार्टीलाई टोल-टोलसम्म बलियो बनाएर लैजानेछौं।”
पार्टीका केन्द्रीय जनसम्पर्क प्रमुख निरज गौले,सुवास भट्टराई लगायतका वक्ताहरुले पार्टीको उदेश्यबारे प्रष्ट पारेका थिए।
पार्टी सदस्य ओम भण्डारीले संचालन गरेको कार्यक्रममा सदस्य सुनिता खड्काले अतिथिलाई स्वागत गरेकि थिईन।
पार्टीको कार्यलय बुद्धशान्ति ३ हात्तिसुडेँमा रहेको छ।