स्कुल बसको ठक्करबाट भद्रपुरमा मोटरसाइकल सवार दुइजना गम्भीर घाइते।

भद्रपुर, श्रावण २४। भद्रपुर नगरपालिका १ पाण्डेचौक स्थित कचनकवल ६मा रहेको कचनकवल माध्यमिक विद्यालयको बसले ठक्कर दिंदा मोटरसाइकल सवार दुइजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार आज करिव साढे ९ को समयमा विद्यार्थी बोकी विद्यालय तर्फ आउँदै गरेको मे १ ख ५६५३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प १२७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइक सवार भद्रपुर १ का २१ वर्षीय सुमन तामाङको खुट्टा र हातमा घम्भिर चोट र त्यस्तै पछाडी सवार उनका १६ वर्षीय भाइ सुजन तामाङको कम्मर खुट्टा र टाउकोमा चोट लागेको छ। घाइते दुबैलाई भद्रपुर स्थित ओम साईँ पाथिभरा अस्पताल लगिएको छ।

EPIC EPIC EPIC

त्यस्तै कचनकवल ६ बस्ने स्कुल बस चालक  ३४ वर्षिय नारायण ढुंगेल र दुर्घटनाग्रस्त बस र मोटसाइकललाई इलाका प्रहरी कार्यालय पृथ्वीनगर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च