कचनकवक । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कचनकवल-१ स्थित भुतेश्वर महादेव शिवालय मन्दिर डाकुपडा स्थित प्रत्येक वर्ष श्रावणको अन्तिम सोमबार स्थानीय मेला लाग्ने भएकाले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिएका छन्।
बस्नेतका अनुसार गाउँपालिका भित्रका भोलि सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछन्।




















