बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराई क्षेत्र ‘क’ का ४३ शाखालाई उछिन्दै ‘उत्कृष्ट अध्यक्ष’बाट सम्मानित भएका छन।
मोरङको इन्द्रपुरमा आयोजना भइरहेको जनकपुर पुर्वका शाखाहरुको सम्मेलनमा उनि पुरस्कृत भएका हुन्।
शाखा मार्फत समाजका विभिन्न आयाममा कार्यक्रम संचालन गरी नेपाल जेसिजका गतिविधिलाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गर्दै उक्त सम्मान प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ।
बुधबारे जेसिजले युवाका व्यवसाय प्रबर्द्धन, व्यक्तित्व विकास, सामाज परिवर्तनका क्षेत्रमा दीर्घकालीन कार्यक्रमहरु संचालन गर्दै आएको छ।


















