Search
Close this search box.
Search
Close this search box.

ट्रकको ठक्करबाट भद्रपुरमा एकजनाको मृत्यु ३ जना घाइते

झापा । झापाको भद्रपुर नगरपालिका २ स्थित इँटा बोकेको मालवाहक ट्रकले  देउनियाँ खोलाको पुलमा पैदल हिडिरहेका दुइ आमा-छोरीलाई ठक्कर दिंदा आमाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा स्थानीय भद्रपुर नगपालिका २ निवासी तुलसा खवास रहेकी छन् भने मृतक आमासँग रहेकी छोरी लुपुसमङ घम्भिर घाइते छिन् । ट्रकको ठक्करबाट घाइते भएकी उनलाई मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ । 
सोमबार कचनकवलमा रहेको प्रेम इँटा उद्योगबाट इँटा बोकी पाँचथर जाँदै गरेको १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले आमा-छोरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई उक्त पुलबाट पुलको रेलिङ् भाचेर तल खेसेको प्रहरीले जनाएको छ।

सो घटनामा घाइते भएका बिर्तामोड-२का बुद्धलाल राजवंशी र सोहि स्थानका अनिल हाँस्दा लाई बिर्तामोड स्थित बि एण्डे सी अस्पतालमा पठाइएको छ भने ट्रक चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रण लिएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *