दक्षिणी झापाको कचनकवल गाउँपालिका अन्तर्गत रहेर समाजिक कार्यमा सक्रिय भुमिका खेल्दै आएको बगान युथ क्लबले बगान गोल्डकपको पहिलो संस्करण आयोजना गरेको छ। भोलि हुने बगान गोल्डकपको उद्घाटन खेलमा हिमाली युनाइटेड र जलथल एफ.सी बिच हुनेभएको छ।
समूह ‘क’ मा रहेका यि दुइ टोली बिच असोज ८ गतेका दिन कचनकवल-३ स्थित पथरिया मा.विको खेल मैदानमा हुने खेल दिउँसोको २ सुरु हुनेछ।
पहिलो दिन एक खेल मात्र हुनेछ। हिमाली युनाइटेड र जलथल एफ.सी बिच हुने खेल उद्घाटन खेलका रुपमा सञ्चालन भएपनि खेलभने प्रतियोगात्मक हुने छ। असोज ८ गते उद्घाटन भएको खेल असोज १५ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले नगद रू ३० हजार रुपैयाँ,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। त्यस्तै द्वितीयले नगद रू २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।

फुटबल प्रतियोगिताको प्रायोजन भने गोर्खा ब्रुअरी, इन्डिगो पेन्ट्स, सुब्बा एग्रो ट्रेडिङ प्रा.ली र सितल इन्टरप्राइजेजले गरेका छन् भने मिडिया पार्टनर पालिका सन्देश र तान्छो क्रिएसन रहेका छन्।



















